लोकसेवा विज्ञापनसम्बन्धि मुद्दाको सुनुवाई स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 12:55:10 PM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगको विज्ञापनसम्बन्धी मुद्दामा अन्तिम फैसला लम्बिएको छ । विज्ञापनका सम्बन्धमा परेका सबै रिट निवेदन एकै ठाउँमा ल्याएर बहस गराएको सर्वोच्च अदालतले बुधबार सुनुवाई गर्ने भनेपछि राज्य व्यवस्था समितिलाई सूचना नपुगेपछि स्थगित भएको छ । 

न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले बुधबार अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ ।

रिटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएकाले अन्तरिम आदेश दिन समितिका प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्नेमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश भएको सर्वोच्च अदालतले जनाएको छ । 

लोकसेवा आयोगको विज्ञापन रोक्न र करारमा कर्मचारी भर्ना गर्न दिएको समितिले दिएको निर्देशन कानून विपरीत भन्दै अधिवक्ता राजाराम घिमिरेले राज्य व्यवस्था समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए । 

बुधबार सुनुवाई स्थगित भएपछि अर्को सुनुवाई आइतबारका लागि तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved