गृहको गाडी कारबाही गर्ने ट्राफिकलाई धन्यवाद, मन्त्रालय भन्छ, ‘जरिवाना तिर्छौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 02:40:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्रालका अधिकारीको गाडीमा लक लगाउने ट्राफिक प्रहरीलाई ट्राफिक महाशाखाले धन्यवाद दिएको छ । ट्राफिक नियम उल्लंघन गरी बुधबार सिंहदरबारको पूर्वी गेट छेउमा रोकिएको अवस्थामा ट्राफिक जवानले लक लगाइदिएका थिए । 

गाडीमा ह्वील लक गरेपछि गृहमन्त्रालयको ठाडो निर्देशनमा एक घण्टा पनि नवित्दै महाशाख वोलाइएका ट्राफिकलाई महाशाखाले धन्यवाद दिएर कार्यक्षेत्रमा पठाएको छ । मन्त्रालयको बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीलाई ट्राफिकले कारबाही गरेका थिए । 

महाशाखाले ट्राफिक नियम पालना गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कामको प्रशंसा गरेको छ । 

कारबाहीमा परेको गाडी गृहमन्त्रालय मातहतको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको रहेको खुलेको छ । उक्त गाडी आवश्यकता पर्दा जुनसुकै शाखा र महाशाखाका प्रमुखहरुले प्रयोग गर्ने गरेका छन् । गृहले ट्राफिकले एक हजार रुपैयाँको चिट काटेको भन्दै उत्तः जरिवाना तिर्न तयार रहेको बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved