पोखरामा डरलाग्दो दुर्घटना, भारतीय गाडीले यसरी हान्यो ५ सवारी (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 08:58:52 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा भारतीय गाडीले ५ वटा सवारी साधनमा ठक्कर दिएको छ । पोखराको हल्लनचोकमा बुधबार दिउँसो एचआर ०९ एल ०००९ नम्बरको भारतीय गाडीले एक पैदल यात्री, एक ट्याक्सीसहित ५ वटा सवारी साधनलाई ठक्कर दिएको थियो । 

ठक्करबाट पोखरा १८ भकुण्डेका ८३ वर्षीय पद्म बहादुर गुरुङ गम्भिर घाइते भएका छन् । सृजनाचोकस्थित मेट्रोसिटी हस्पिटलको सघन कक्षमा उपचाररत उनको अवस्थामा सुधार नआएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । घाइते अन्य दुई जनाको अवस्थामा भने सामान्य सुधार आएको छ ।

चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको प्रहरीले जनाएको छ । विदेशी र स्वदेशी गाडीले गल्ती गर्दा कारबाही प्रक्रिया भने एउटै लागु हुने डिएसपी केसीले बताए । विदेशी गाडीको हकमा फरक नियम नभएको उनको भनाई छ । उक्त गाडीले गाइलाई पनि ठक्कर दिएको छ ।

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved