‘एसइई’को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 02:11:32 PM मा प्रकाशित

laxmi  sunrise bank

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष चैत १० गतेदेखि ३० गतेसम्म सञ्चालित परीक्षाको नतिजा बिहिबार प्रकाशित गरेको हो । 

एसईईको नतिजा टेलिफोन, मोबाइल एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । १६०० नम्बरमा फोन गरेपछि आवश्यक निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेर नतिजा थाहा पाउन सकिने छ ।

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सक्नेछन् । यस्तै ३१००३, ३१००७, ३४९४९, ३५००१ नम्बरमा आफ्नो सिम्बल नम्बर एसएमएस पठाउँदा पनि नतिजा थाहा हुन्छ ।

एसएमएससँगै वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved