एसइई दिएका विद्यार्थीलाई ५० प्रतिशत छुटमा मोवाइल फोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 03:52:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एसइईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । मनसुन मोबाइल मेलामा एसइइको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप पनि किस्ताबन्दीमा उपलब्ध गराईने भएको हो । 

चाबहिल चुच्चेपाटीस्थित के एल मोबाइल हब, दरबारमार्गस्थित एप्पल वल्र्ड मोबाइल, ताम्राकार कम्प्लेक्सको सिटिभि मोबाइल तथा सिटिसि मल सुन्धाराको सिटिसी मोबाइल हबबाट परीक्षार्थीले मोबाइल किन्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

परीक्षार्थीले नुबिया जेट मिनी १७, जेट १७ मिनी एस, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइलमा ५० प्रतिशत छुट पाउने छन् । सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वान प्लस लगायत ब्राण्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् । 

परीक्षार्थीहरुले किस्ताबन्दीमा पनि मोबाइल समेत खरिद गर्न सक्नेछन् । यसका साथै परीक्षार्थीले हरेक मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान, सिनेमा टिकट र १ लाख बराबरको जीवन बीमा निशुल्क पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved