नेपाल नागरिक उड्ड्ययन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई महानिर्देशकमा नियुक्त गरेको हो । पोखरेल प्राधिकरणका १२ औं तहका ५ उपमहानिर्देशकमध्ये वरिष्ठ उपमहानिर्देशक थिए ।
यसअघिका महानिर्देशक सञ्जीव गौतमको जेठ १३ गते ४ वर्षे कार्याकाल पूरा भएको थियो । गौतमको अवकाशपछि पोखरेलले नै निमित्त महानिर्देशको जिम्मेवारी सम्हालेका थिए ।
उनले बिहिबार क्याविनेटले निर्णय गरेको र केहीबेर अघिमात्रै आफूले महानिर्देशकमा नियुक्त भएको पत्र बुझेको बताएका छन् ।