भारी बर्षाको सम्भावना, स-साना खोलामा बाढी आउँन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 06:54:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी ३ दिन देशभर बदलि भई वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान गर्दै महाशाखाले हल्का मध्यमदेखि भारि बर्षाको सम्भावना रहेको जनाएको हो ।

भारी बर्षाको सम्भावना रहेपनि देशभरका प्रमुख नदीहरुमा आगामी ३ दिन ठुलो बाढी जोखिम छैन। जलसतह सामान्य घटबढ भने हुने छ । तर तीनै दिन प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णालीप्र देश र सुदुरपश्चिम प्रदेशको पहाडी क्षेत्रका स-साना खोलानालाहरुमा क्षणिक भारी वर्षा संगै आकस्मिक बहाबको संभावना छ ।

यस्तो छ महाशाखाको आगामी ३ दिनको मौसम पूर्वानुमान ।

असार १८ गते  (बुधबार)

 दिउँसोः देशभर  सामान्य बदलि भई केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। 

 

 राति: देशभर सामान्य बदलि भई देशका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ साथै एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।


असार १९ गते  (बिहिबार)

 दिउँसोः देशभर  सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशका १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।

 

 राति: देशभर सामान्य बदलि भई केहि  स्थानहरुमा मेघ-गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।


शुक्रवार २० गते

दिउँसो:- देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशको १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।

राति:- देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशको १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved