अमेरिकाको कुकुरलाई नेपालको छुर्पी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 12:28:14 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा कुकुरलाई खुवाउन नेपालबाट छुर्पी निर्यात हुने गरेको छ । मासिक करोडौँ रुपैयाँ बराबरको छुर्पी नेपालको इलामबाट अमेरिकामा निर्यात हुने गरेको छ । 

नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ । मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन । धुवाँको बास्ना कुकुरले अधिक मन पराउने भएकाले नेपालमा छुर्पी सुकाउन धुवाँको प्रयोग गर्ने गरिन्छ ।

कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर प्रोटिन मासुमा भन्दा बढी हुने बिदेशका व्यवसायीहरु बताउँछन् । छुर्पी मासुभन्दा सस्तो हुन्छ । कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ । कम फ्याट हुने कुकुरको आहारा छुर्पीको बजार राम्रो छ र यो बढी मूल्यमा बिक्री हुने गरेको छ । 

नेपालबाट सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । कुकुरले खाने छुर्पीको बजार अमेरिका, क्यानडा, युरोप र एशियाका धनी देशहरु रहेका छन् ।

इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल डेरीबाट मानिसले खाने र कुकुरले खाने छुर्पी उत्पादन भइरहेको यसका सञ्चालक दिनेश महतले जानकारी दिए । उनले आफ्नो डेरीमा उत्पादित छुर्पी मात्र हैन त्यस क्षेत्रका अन्य उद्योगीहरुको छुर्पीसमेत खरिद गर्ने गरेको  बताए । हाल उनले आफ्नै डेरीबाट मासिक एक हजार किलो छुर्पी र एक हजार किलो घिउ उत्पादन गरिरहेका छन् ।  प्रतिकिलो छुर्पी रु ९५० र घिउ प्रतिकिलो रु ६५० मा बिक्री गरिरहेको उनले बताए । देउराली, माईजोगमाई, मंगलबारे, सन्दकपुरमा कुकुरलाई ख्वाइने छुर्पी उत्पादन हुने गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved