८ बजेपछि छुट नदिने गाडीको परम्परा कानुन विपरित

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 05, 2019 | 12:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडा रातको ८ बजेपछि एकाएक आकाशिन्छ । भाडा यो अर्थमा बढ्छ कि, रात परेपछि परिचय पत्रको छुट कसैले पाउँदैनन् । बृद्धा, अपाङ्ग, विद्यार्थी र जनआन्दोलनका घाइतेले सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट पाउँदै आएका छन् । तर यो छुट दिउँसभरी मात्रै हो, रातपरेपछि पाईँदैन ।

बेलुका ८ बजेपछि स्वघोषित रुपमा गाडीले दिनुपर्ने छुट दिँदैनन् । कानुनतः सार्वजनिक सवारीले जुनसुकै समयमा पनि छुट सुविधा उपलब्ध गराउनुपर्छ । 

यातायात व्यवस्था विभागको निर्देशिकामा उल्लेख भए अनुसार विद्यार्थी, अशक्त, बृद्ध र जनआन्दोलनका घाइते लगायतलाई दिइने छुट सम्बन्धमा कुनै समय सीमा तोकिएको छैन् । रुट परमिट लिएर सञ्चालनमा आएका यात्रुवाहक सवारीले आफूखुशी समय तोकेर कार्ड चल्ने नचल्ने घोषणा गर्न पाउँदैनन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रु बोक्ने गाडीले जुनसुकै समयमा कार्डको छुट दिनुपर्छ । यति बज्यो अब कार्डको छुट हुन्न र पाईँदैन कसैले भन्न पाउँदैन । ट्राफिक प्रहरीले कसैले छुट दिन मानेन भने ट्राफिक प्रहरीलाई तत्काल जानकारी गराउन र आवश्यक कारबाही गरिने भनेको छ । 

‘कारबाही गर्न सरकारको हैसियत पुग्दैन’ 

सार्वजनिक सवारीमा दिँइदै आइएको छुट व्यवसायीले दयाले दिएको व्यवसायीको भनाई छ । यातायात व्यवसायी महासंघकका महासचिव सरोज सिटौला सरकारले व्यवसायीलाई दिने विभिन्न सहुलियत बापत व्यवसायीले यस्ता छुट दिने प्रचलन मात्रै भएको र छुट दिन आफूहरुलाई करलाग्दी नभएको बताउँछन् । 


‘हामीले छुट दिन्नौं भन्न पाि सक्छौँ, यदि हामीले यसो भनेको खण्डमा कारबाही गर्न सरकारको कानुनी हैसियत पुग्दैन’ उनले भने ।

‘ट्राफिक प्रहरीले कडाई गर्दिनु पर्यो’ 

वृद्धावृद्ध, अपाङ्ग र जनआन्दोलनका घाइतेलाई सरकारले परिचय पत्र दिएर सार्वजनिक सवारीमा छुटको प्रवन्ध मिलायो । तर विद्यार्थीले पाउने सहुलियत भनेको विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिका रुपमा लिन्छन् विद्यार्थी संगठनहरु ।

प्रतिनिधिसभा सदस्य एवम् तत्कालिन नकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामा सार्वजनिक सवारीले मनलाग्दी समयसिमा तोकेर छुट नदिन नपाउने बताउँछिन् । सबै समयमा छुट सुविधा प्राप्त गर्नकै लागि यो व्यवस्था गरिएको र यसको जस विद्यार्थीलाई जाने भन्दै उनले यसमा ट्राफिक प्रहरीले कडाईँ गदिर्न पर्ने बताईन् । 


‘सबै समयमा पाउनुपर्छ, यसरी राती नदिने भन्ने हुँदैन’ उनले भनिन्, ‘ट्राफिक प्रहरीको रोल धेरै हुन्छ यसमा, उहाँहरुले कडाई गदिर्नु भयो भने यो ठिक हुन्छ ।’ लामाले रात्रीकालिन यात्रा गर्ने धेरै संख्या विद्यार्थी हुने भएकाले ट्राफिक प्रहरीले यसविषयमा बढी ध्यान दिनुपर्ने बताईन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved