नेपालका परियोजनालाई भारतले छुट्यायो बजेट, सहमति बिनै बिजुली र पानिमा एकतर्फी भागबण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 09:34:49 AM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले नेपालका बिभिन्न योजनाहरुको लागि बजेट छुट्याएको छ। नेपालका परियोजना निर्माणको लागि भारत सरकारले नयाँ आर्थिक वर्षका लागि कूल ७०० करोड भारु विनियोजन गरेको छ । 

सप्तकोशी कोशी उच्च बाँधको तथा सुनकोशी डाइभर्सनको स्किमको डीपीआर तयार पार्नका लागि बजेट विनियोजन गरेको छ। त्यस्तै  बाढी नियन्त्रण तथा सीमा क्षेत्र कार्यक्रमअन्तर्गत भारतले नेपालमा सञ्चालन हुने आयोजनाहरुका लागि बजेट छुट्याएको हो । यसमा सप्तकोशी उच्च बाँध एवम् सुनकोशी डाइभर्सन स्किमको डीपीआरलाई समेत समावेश गरिएको छ ।

डीपीआरका लागि रकम बिनियोजन गरेको सप्तकोशी उच्च बाँध बहुद्देश्यीय परियोजना नेपालको विवादास्पद परियोजना हो । सप्तकोशी नदीमा बनाउन प्रस्ताव गरिएको यो जलाशययुक्त जलविद्युत परियोजनाबाट ३ हजार ३ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिने अनुमान छ ।

उदयपुर, सप्तरी, धनकुटा र सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा बाँध बनाउन प्रस्ताव गरिएको छ । २६९ मिटर अग्लो एक किलोमिटर लम्बाईको बाँध बनाएर सिँचाई आयोजना पनि सञ्चालन गर्ने लक्ष्य राखेर अध्ययन भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ। यद्दपी नेपाललाई डुबाउन मात्रै यो परियोजना बनाउन लागिएको भन्दै उच्च कोशी बाँध परियोजनाको विरोध हुदै आएको छ। 

भारतले सुनकोशी मरिन डाइभर्सनमा पनि लगानी गर्न लागेको छ । नेपालले पनि लगानी गर्ने यो आयोजनाको लागि विस्तृत सम्भाब्यता अध्ययन (डीपीआर) अन्तिम चरणमा छ । नेपाल सरकारले यो परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरि आगामी आवमा दुई अर्ब पाँच करोड बराबरको बजेटसमेत विनियोजन गरेको छ ।  

बेवास्ता पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई पनि बजेट  

भारतबाट लामो समयसम्म बेवास्ता हुँदै आएको पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण र निर्माणपूर्वको काम सम्पन्न गर्ने कार्यक्रमलाई  बजेट छुट्याएको छ । 

पञ्चेश्वर परियोजनाबाट ५ हजार ४० मेघावाट विद्युत उत्पादन हुने भारतको बजेटमा उल्लेख छ। त्यसमध्ये २५२० मेघावाट भारतले र २५२० मेगावाट  नेपालले पाउने भनिएको छ। त्यस्तै सिँचाईंका लागि भारतलाई ०.२६ मि. हेक्टर र नेपाललाई ०.१७ मि. हेक्टर लाभ हुने तथ्यांकमा उल्लेख छ।

भारतले पानि र बिजुलीको भागबन्डा गरेपनि अहिलेसम्म पञ्चेश्वर डिपीआरको मस्यौदामा सहमति भएको छैन। तर सहमति नभएको विषयमा पानि र बिजुली बाँडफाँटको विषय उल्लेख गरेर भारतले बजेट छुट्याएको प्रति उर्जा मन्त्रालयले आश्चर्य व्यक्त गरेको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved