३ दिनसम्म भारी बर्षा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 06:32:19 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम पूर्वानुमान महाशाखाले २-३ दिन देश भर पानी पर्ने जनाएको छ । बुधबार बिहान ७ बजे मौसम बुलेटिन निकाल्दै महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले २,३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने केहि स्थानहरुमा भारी वर्षा हुने र एक दुइ स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना रहेको बताएको हो  ।

यस्तो छ महाशाखाले गरेको ३ दिनको मौसम पूर्वानुमान :

असार २५ गते (बुधवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी  वर्षाको सम्भावना छ ।

असार २६  गते (बिहिबार )

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण  बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी  वर्षाको सम्भावना छ ।

 असार २७   गते (शुक्रबार )

दिउँसो: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका  केहि  स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै  एक दुई  स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका  केहि  स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै  एक दुई  स्थानहरुमा भारि वर्षाको संभावना छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved