देशभर भारी बर्षा हुने, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 06:30:48 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देश भर भारी बर्पा हुने जनाएको छ । बिहिबार बिहान ६ बजे मौसम बुलेटिन निकाल्दै महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै २४ घण्नटा नेपाल नजिक नै रहने हुनाले  नेपालको अधिकांश स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको बताएको हो  ।

यस्तो छ महाशाखाले गरेको ३ दिनको मौसम पूर्वानुमान :

असार २६  गते (बिहिबार)

दिउँसो: देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक-दुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारि वर्षाको संभावना

 

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ  ।


 असार २७   गते (शुक्रबार)

दिउँसो: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ

 

राती: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

 

 असार २८   गते (शनिबार)

दिउँसो: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ

 

राती: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved