कांग्रेसप्रति सञ्चारमन्त्रीको कटाक्ष, ‘दिनमा बिपी रातमा बिप्लव हो ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 03:42:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबारे प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको धारणा माग गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोलुक बास्कोटाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा ‘हिंसाबारे कांग्रेसको धारणा के हो भन्दै प्रश्न गरे । 

‘कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ?’ बास्कोटाले फेरि प्रश्न गरे । 

भोजपुरमा प्रहरी मारिएको भन्दै बास्कोटाले हिंसा आतंकलाई प्रोत्साहित गर्दा पुगिने ठाउँ कहाँ हो भन्ने कुरा विगत हेरेर थाहा हुने भन्दै सरकार र विप्लवलाई एकै नजरले हेर्दा गाह्रो पर्न सक्ने चेतावनी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved