अष्ट्रेलियाको लज्जास्पद हार, २७ बर्षपछि इंग्ल्याण्ड फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 08:01:10 PM मा प्रकाशित

laxmi  sunrise bank

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो 

अष्ट्रेलियाले दिएको २ सय २४ रन्को लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा ३२.१ ओभर मै भेट्टायो । इंग्ल्यान्डको लागि जेसन रोयले सर्बाधिक ८५ रन जोडे । त्यस्तै जोनी बरीस्टोले ३४, जोय रुटले ४९ , तथा कप्तान मोर्जनले ४५ रन जोडे । अष्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य मात्र दुई विकेटको क्षतिमा ३२ ओभर १ रनमा भेट्टाउदै इंग्ल्याण्ड २७ बर्षपछि पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो। 

यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलिया ४९ ओभर मै अल आउट हुदै २ सय २३ रन बनाएको थियो  । अष्ट्रेलियाको लागि स्टेभेन स्मिथले सर्बाधिक ८४ रन जोडे भने अलेक्स क्यारीले ४६ रन जोडे । त्यस्तै मिसेल स्टार्कले तथा ग्लिन म्याक्सवेलले २२ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन ।

इंग्ल्यान्डको लागि क्रिस वक्स र आदील राशिदले सर्बाधिक ३-३ विकेट लिए भने जोफ्रा आर्चरले २ तथा मार्क उडले १ विकेट लिए 

अब इंग्ल्यान्डले उपाधिको लागि न्युजिल्यान्डसंग भिड्ने छ । न्युजिल्यान्ड भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । इंग्ल्यान्ड र न्युजिल्यान्डले हालसम्म पनि उपाधि जित्न सकेका छैनन् । अब जसले जिते पनि यस पटक विश्वकप फाइनलले नयाँ विजेता पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved