शनिवार र आइतबार यी स्थानमा भारी बर्षा, बाढी र डुबानको सम्भावना, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 07:35:06 AM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिन अगाडी देखि परेको भारी वर्षाका कारण देश भारको जनजीवन प्रभावित भएको छ । बर्षापछि आएको बदाही र पहिरोको कारण शनिवार बिहानसम्म २१ जनाको मृत्यु भएको छ 

मनसुन न्यून चापिय रेखा (Monsoon Troughमध्य तथा पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित रहेकोले शनिवार पनि भारी बर्षाको संभवाना रहेको मौसम पूर्वानुमान बिभागले जनाएको छ । यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र (Low Pressure Area ) समेत रहेको छ। यि प्रणालिहरूका कारण आज पनि मनसुन अति सक्रिय(Very Active) रहने देखिन्छ


आगामि तीन दिनको मौसम पूर्वानुमान (Three days weather forecast):

 असार २८ गते (शनिबार)

दिउँसोदेशभर (Widespread) वर्षा जारी रहने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा  (VeryHeavy rainfall) हुने सम्भावना छ।

 

रातिदेशका धेरै स्थानहरूमा वर्षाको सम्भावना (Widespread Rain) छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा भारि वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (VeryHeavy rainfall) हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

 

असार २९ गते (आईतबार)

दिउँसोदेशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) समेत हुने सम्भावना छ।

 

रातिदेशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) को सम्भावना छ।

 

असार ३० गते (सोमबार)

दिउँसोदेशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्वी क्षेत्रका पहाड र तराईका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) समेत हुने सम्भावना छ।

रातिदेशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक – दुई स्थानहरूमा र पश्चिमी पहाड र तराईका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) को सम्भावना छ।


त्यस्तै बाढी पूर्वानुमान बिभागले पनि शनिवार र आइतबार विशेष गरी १ , २ र ३ मा बाढी, पहिरो र डुबानको जोखिम रहेको जनाएको छ 

यस्तो छ बाढी पूर्वानुमान बिभागको आगामी ३ दिनको बाढी पूर्वानुमान : 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved