लाल बकैया नदीको बाँध फुट्दा रौतहट डुबानमा, प्रहरी कार्यालय कै बेहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 07:52:50 AM मा प्रकाशित

laxmi  sunrise bank
राकेश यादव

रौतहटको पुर्ब तर्फ भएर बग्ने बागमती नदि र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुटेको छ । बाँध फुटेपछि सदरमुकाम गौर पुरै डुवानमा परेको छ ।  सदरमुकाम गौरको बोडरमा १५ फिट पानी जमेको छ  । 

डुवानले गर्दा गौरको प्रहरी भंसार सुरक्षा गार्डको कार्यालयको छाना मात्र देखिएको छ भने भुई तल्लाको भाग डुविसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उता कारागारको पहिलो तला समेत डुवानमा परेको छ । ससस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण समेत डुवानमा परेको छ । सदरमुकाम गौर बाट अन्य स्थानीय तह जोडने सडक सबै अबरुद्ध भएपछि डुवानमा फसेकाहरुको उद्धारमा समस्या उत्पन्न भएको छ । गौरको ब्यबसायीहरुको सामान सबै पानीले भिजेको छ । 

भारतीय सिमा जोडिएका नाकामा पानीको सतह बढेको कारण त्यहा स्थापित प्रहरी चौकी ब्रम्हपुरी बसतपुर, प्रहरी चौकी औरैया, भंसार सुरक्षा गार्ड प्रहरी कार्यालय सुरक्षित स्थानमा स्थानन्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पानीको सतह बढदै जादा र डुवानले गर्दा रौतहटमा ४ सय ३२ घर भन्दा बढिका २ हजार ५ सय मानिस बिस्थापित भएका छन । उनीहरु लाई बिद्यालय र आफन्तको घरमा शरण दिइएको छ । माधव नारायण नगरपालिका– ८ स्थित भोला महतोले संचालन गरेको बागमती कृषि तथा पशु फार्ममा पालिएको ४६ वटा राँगा भैसी बागमतीे नदीले बगाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved