भारतले खोल्न नमानेको बाँध भत्कियो, रौतहटवासीलाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 11:18:30 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले खोल्न नामनेको बाँध बाढीले आफै भत्काएको छ । रौतहटको सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्काएको  हो । यो बाँध भारतले खोल्न नमान्दा रौतहट डुबानमा परेको थियो । अब भने बाँध फुटेर पानी भारततर्फ बगेको छ। यस संगै डुबानमा परेका रौतहटवासीलाई केहि राहत भएको छ । पानी भारततर्फ बग्न थालेपछि रौतहटमा बिस्तारै पानीको सतह पनि घट्न थालेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारीले संकट निम्तिएको भन्दै पटक पटक भारतीय पक्षसँग बाँध खोलिदिन आग्रह गरेका थिए  । 

बाढी भारततर्फ पसेपछि  भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत स्बाथान डुबानमा परेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved