सप्तकोशी ब्यारेजमा सडक सम्म नै पुग्यो पानी (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 03:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सप्तकोशी नदीको ब्यारेजमा अहिले ५६ मध्ये ३३ वटै ढोका खोलिएको छ । ब्यारेजमा पाँगो माटो फाल्नको लागि राति सबै ५६ वटै ढोका खोलिएको थियो । तर अहिले भने पानीको सतह घट्दै गएकोले ३३ वटा ढोका मात्र खोलिएको छ  । शनिवार राति १ बजे  ३ लाख ८० हजार क्यूसेक पानि रहेकोमा आइतबार बेलुका ५ बजे भने २ लाख १९ हजार क्युसेक पानी बगेको छ ।

एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।

हेर्नुस शनिवार बेलुकाको सप्तकोशीको अवस्था : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved