कुलेखानी ड्याम खोल्ने तयारी, यी ४ जिल्लामा आउँन सक्छ बाढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 07:00:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम केहि मात्रमा खोलिने भएको छ पानीको तह बढेर बाँध नै फुट्न सक्ने सम्भावना भएपछि केहि मात्रामा बाँध खोलेर पानीलाई निकाश दिन लागिएको हो।  हाल पानीको तह १ हजार ५ सय २५ मिटर ४० सेन्टिमिटर नाघिसकेको छ। पानीको तह १ हजार ५ सय ३० पुगेमा 'ओभर फ्लो' हुन थाल्छ 

बाँध खोलिने भएपछि बागमती नदीको तल्लोतटीय मकवानपुर सर्लाही र रौतहट जिल्लाको क्षेत्रमा बहाब बढ्ने छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका तथा सर्लाही र रौतहटका पनि केही भू-भागमा सावधानी अपनाउन आग्रह गरिएको छ। नदीको छेउछाउ सांझ सम्मै सतर्कताको लागि गृह मन्त्रालयले अपिल गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved