मकवानपुरमा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 11:37:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार राति मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । लगातार परेको पानीसँगै आएको पहिरोले वार्ड नम्बर १ मा रहेको एक घर पुरिँदा आमा छोरीको मृत्यु भएको हो ।

पहिरामा पुरिएर मृत्यु हुनेमा मार्खुकी कान्छीमाया बलामी र उनकी १८ वर्षीय छोरी बबिता बलामी रहेका छन् । पहिरोमा मृतक कान्छीमायाकी ३८ वर्षीय बुहारी बेली बलामी घाइते भएको जनाइएको छ । 

पहिरोमा घर पुरिएपछि बेपत्ता भएका दुई जनाको केहीबेरअघि मात्र शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले पहिराले पुरिएको अवस्थामा दुवै जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

गएराति नै पहिराले घर पुरे पनि स्थानीय बासिन्दाले बिहान मात्र थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीको घर नदेखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि पहिरोमा पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यो घटनासँगै मकवानपुरमा बाढीपहिरामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved