झापामा खोलाले बगाउँदा बालकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 12:57:27 PM मा प्रकाशित

laxmi  sunrise bank

झापाको मेचीनगर फुलबासामा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मेचीनगर १३ का गङ्गाराम प्रसाईंको अढाई वर्षीय छोरा अजित प्रसाईंको खोलाले बगाएर मृत्यु भएको हो ।

आज बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउँदै जाने क्रममा फुलवासा खोलाले बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बालकलाई बगाउँदै गरेको उनका बाबुले नै देखेपछि स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

योसँगै झापामा बाढीले बगाएर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved