डोटीका ४ सय एनजिओ खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 01:41:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्था दर्ता ऐन २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिए । 

नवीकरणका लागि जारी गरिएको ३५ दिने सूचनाको म्याद समाप्तिपछि ती संस्थाको दर्ता खारेजीमा परेको हो । दर्ता खारेज हुने संस्थाहरुमा साबिकको जिविसअन्तर्गत सञ्चालित उपभोक्ता समिति, मठमन्दिर निर्माण समिति, जल उपभोक्ता समितिसमेत रहेको उक्त कार्यालयले जनाएको छ । 

दर्ता भएका ६१० गैरसरकारी संस्थामध्ये २०५५ देखि २०७२ सालसम्म नवीकरण नगरेका संस्थाहरु खारेजमा परेका प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी दिए । उनका अनुसार २०४४ सालदेखि संस्था दर्ता गर्ने कार्य शुरु गरिएकामा अहिलेसम्म ६१० गैरसरकारी संस्था दर्ता भएका थिए तर  पटक पटक गरी ४२३ संस्थाको दर्ता खारेज भइसकेको छ । अब जिल्लामा १८७ दर्तावाला  गैरसरकारी संस्था छन् । 

तोकिएका  नियम पालना नगर्दा ती संस्थाको  दर्ता खारेज गरिएको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष रघुबहादुर कठायतले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved