दोलखामै चिडियाखाना खुल्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 02:45:25 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिकाको खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रबर्धनको लागि चिडियाखाना बन्ने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । 

पारिस्थितिक पद्धतिलाई संरक्षण, जीवजन्तुको प्रजनन तथा वंशाणु स्रोत संरक्षण र वातावरणीय सन्तुलन हुने गरी निर्माण हुने चिडियाखाना ९६ रोपनी क्षेत्रफलमा बन्नेछ । चिडियाखानाको निम्ति गुरुयोजना तयार भइसकेको छ । 

गुरुयोजनाको तयारी साथै चिडियाखानाका लागि ढोका, पर्खाल र स्टिल दृश्यावलोकन स्तम्भ लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकिएको नगरप्रमुख भरत केसीले बताए । चिडियाखाना क्षेत्रमा बाल उद्यानको पनि निर्माण गरिने छ ।

चिडियाखाना दृश्यावलोकन पैदल हिँडेर र गाडीमा चढेर पनि गर्न सकिने छ । साथै दृश्यावलोकन स्तम्भबाट पनि चिडियाखाना हेर्न सकिनेछ । चिडियाखानामा दुई हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा सजिलै बाँच्न सक्ने जीवजन्तु राखिनेछ । जीवजन्तुलाई खोरमा राख्नेभन्दा पनि खुला क्षेत्रमा आवश्यक क्रियाकलापका लागि वातावरण व्यवस्था हुने गरी चिडियाखाना निर्माण गरिने नगरप्रमुख केसीले जनाकारी दिए । चिडियाखाना निर्माणको लागि आउँदो आर्थिक वर्षका लागि नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ ।

केसीका अनुसार चिडियाखानाका लागि रु १५ करोड ६० लागत लाग्ने अनुमान गरिएको छ । चिडियाखाना निर्माणका लागि दोलखावासीलगायतले सहयोग गर्नुपर्ने केसीले बताउनुभयो । अहिले खोरथली सामुदायिक वनमा बँदेल, कालिज, मृग, चितुवा, स्याल, दुम्सीलगायतका जङ्गली पशुपक्षी छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved