नेकपाको पार्टी एकताको सबै प्रक्रिया टुंगियो, कसलाई कति भागबण्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 07:02:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपाले पार्टी एकताको सबै प्रक्रिया टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले एकता प्रक्रियाका सबै विषय टुंगो लगाएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए। सहमति भएका बुँदाहरुलाई स्थायी समितिबाट अनुमोदन गरिने उनले जानकारी दिए ।


पार्टी एकतालाई ५ साउनमा सचिवालय बैठकले पूर्णता दिने सहमति भएको छ । मंगलबार भएको छलफलमा विभागहरुको भागवण्डा टुंगो लगाएको छ । पार्टीको ३२ मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ ।


सचिवालयले बैठकबाट जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोक्ने, सम्पर्क मञ्चबारे पनि निर्णय गर्ने सहमति जुटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved