सबै इन्टरनेटको मूल्य बढ्दा टेलिकमको नबढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 07:59:41 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायकहरुले साउन १ गते इन्टरनेट शुल्क बढाएको घोषणा गरिरहदा नेपाल टेलिकमले भने मूल्य नबढाउने स्पष्ट पारेको छ  । टेलिकमका प्रबक्ता कृष्णप्रसाद भण्डारीले टेलिकमको कुनै पनि इन्टरनेट सेवामा मूल्य नबढ्ने बताएका हुन्  । 

नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगर्ने जनाएको हो । सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको टेलिकमको दाबी छ ।

टेलिकम बाहेकका  इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य १३ प्रतिशतले बढाउने निर्णय गरेको छ  । सरकारले आफूहरुसँगको सहमति कार्यान्वयन नगरेको भन्दै आईएसपिएनले मूल्य बढाउने निर्णय गरेको हो । आईएसपिएनका अध्यक्ष भोजराज भट्टका अनुसार सरकारले इन्टरनेट सेवा प्रदायकहरुबाट १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लिने निर्णय व्यवसायीसँगको छलफलका क्रममा नलिने भनेपछि गतवर्ष नै महङ्गिने इन्टरनेटको मूल्य रोकिएको थियो । 

सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत मूल्य समायोजन गर्ने सम्झौता गरेपनि पालना नगरेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । आईएसपिएनले दुरसञ्चार ऐन संशोधन नगरेसम्म व्यवसायीले छुट नपाउने देखिएकाले बाध्य भएर इन्टरनेटको मूल्य बढाउन बाध्य भएको बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved