संचय कोष र लगानी कोषमा रकम जम्मा गर्नेलाई सामाजिक सुरक्षा योजना स्वैच्छिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 06:58:57 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन गरेको छ।  स्वैच्छिक रूपमा रकम जम्मा गरिरहेका हरुको हकमा जटिलता फुकाउन मन्त्रालयले कार्यविधि संशोधन गरेको हो ।

कार्यविधि संशोधन भएसंगै सञ्चय कोष, नागरिक लगानी कोष वा अरू सामाजिक सुरक्षा योजनामा पहिलेदेखि नै समाहित भएका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा सामेल हुन ऐच्छिक बनाइएको छ । यसअघि निजीक्षेत्रका सम्पूर्ण कर्मचारीले साउन १ गतेदेखि लागु हुने गरि अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा पेन्सन, औषध्योपचार, बिमा सहित सामाजिक सुरक्षाका विविध शीर्षकमा आफ्नो तलबको ३१ प्रतिशत रकम जम्मा गर्नु पर्ने भनिएको थियो। संशोधनपछि संचय कोष र नागरिक लगानी कोषमा आवद्दहरुले सामाजिक सुरक्षा कोषमा  रकम जम्मा नगरेपनि हुन्छ । 

अन्य श्रमिकलाई भने साउन १ गतेदेखि यो अनिवार्य भएको छ योगदानमा आधारित सामाजिक सुरक्षा अन्तर्गत रोजगारदाताले श्रमिकको न्युनतम तलबबाट ११ प्रतिशत रकम कट्टा गर्नेछन् । र श्रमिकको न्युनतम तलबको २० प्रतिशत रोजगारदाताले थप गरी जम्मा ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।  

जम्मा भएको रकमबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १ दशमलव ४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र बाँकी २८ दशमलव ३३ प्रतिशत वृद्ध अवस्था सुरक्षाका लागि विभाजन हुने छ ।

सरकारले अनिवार्य भने यसमा आकर्षण भने न्यून देखिएको छ। गत सोमबारसम्म ३७ सय प्रतिष्ठानहरूका करिब २० हजार जति श्रमिकहरू दर्ता हुन आएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved