काभ्रेमा आलु चिप्स उद्योग संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 08:44:31 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलाञ्चोकको घोकेचौरमा मङ्गलबारबाट ‘माता चण्डेश्वरी आलु चिप्स’को उद्योग सञ्चालनमा आएको छ । बनेपा नगरपालिका वडा नं ५ मा स्थानिय उद्योगी इच्छाराम दाहालले उद्योग सञ्चालनमा ल्याएका हुन् । 

उद्योगलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा औजार खरीद गरी सञ्चालनमा ल्याइएको हो । उद्योगलाई चाहिने मेसिनहरु ३५ लाखमा खरीद गरिएको छ । त्यससँगै अन्य सामग्री खरीद गरी रु ५४ लाख ४७ हजार लागतमा सो उद्योग सञ्चालन गरेको दाहालले बताए ।

चिप्ससँगै आलुको भुजिया र दालमोठसमेत उत्पादन गर्ने गरी अर्को मेसिन थपेर व्यवसायलाई विस्तार गर्न लागिरहेको दाहालले बताए । उद्योगबाट १०० किलो आलुबाट २५ किलो चिप्स उत्पादन हुने उनको भनाइ छ । उद्योग सञ्चालन भएसँगै त्यसका लागि आवश्यक पर्ने आलु यहीँको प्रयोग हुने जनाए । 

उद्योगबाट उत्पादन गरेको चिप्स आफ्नै कर्मचारीबाट बजारमा खुद्रा बिक्री गर्ने गरी तयारी भइरहेको छ । वर्षको रु ३६ हजार दिने गरी १० वर्षका लागि आधा रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको सो उद्योगमा सात जनाले काम गर्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved