विज्ञ अर्थमन्त्रीले पनि रोक्न सकेनन् बजेटको बेथिति, तीन दिनमा ७६ अर्ब भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 12:58:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्षको अन्तिम तीन दिनमा सरकारले ७६ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आइतबारदेखि मंगलबार बेलुका ७ बजेसम्म ४६ हजार वटा चेक काटिएका छन् ।

सरकारले विद्युतीय भूक्तानी प्रणालीमा अपनाएपनि प्रभावकारी नहुँदा चेकमार्फत नै भुक्तानी गर्नुपरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले बताए । 

मंगलबारसम्म सरकारको बजेट कुल विनियोजन १३ खर्ब १५ अर्बमध्ये ८३ प्रतिशत खर्च भएको छ । चालु खर्च ७ खर्ब १५ अर्ब रूपैयाँ, पुँजीगत खर्च २ खर्ब ३६ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्था एक खर्ब ४१ अर्ब रुपैयाँ खर्च भएको छ । चालुतर्फ कुल विनियोजनको ८४.६ प्रतिशत, विकास खर्च ७५.१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९०.७ प्रतिशत खर्च भएको हो । 

सरकारले चालु आर्थिक वर्षमा ८ खर्ब ३१ अर्ब राजश्व संकलनको लक्ष्य राखेकोमा ७ खर्ब २२ अर्ब मात्रै संकलन भएको छ । सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत राजस्व लक्ष्य ८ खर्ब ३१ अर्बबाट घटाएर ८ खर्ब ६ अर्बमा झारेको थियो । 

विज्ञ अर्थमन्त्री पनि आर्थिक बर्षको अन्तिम समयमा ठुलो रकम भुक्तानी गर्ने प्रवृति रोक्न असफल भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved