भ्रमण बर्षका संयोजक सुरज बैद्य र उनकी भारतीय श्रीमतीले प्रधानमन्त्रीलाई फसाएको खुलाशा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 07:37:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज बैद्यले भ्रमण बर्षको लागि कम बजेट छुट्याइएको भन्दै पदबाट राजिनामा दिने कुरा बिभिन्न संचार माध्यमले लेखे । यद्दपी भ्रमण बर्ष संयोजकबाट आफु हट्ने समाचारमा सत्यता नभएको भन्दै बैद्यले आफुलाई दिएको जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गरिरहने बताए । 

बैद्यले भ्रमण बर्ष २०२० को संयोजक पदबाट राजिनामा दिने कुरा त्यो बेला उठेको हो जुन बेला नेपाल सरकारले चौतर्फी दबाबपछि आईफा अवार्ड आयोजना गर्न बजेट नछुट्याउने निर्णय गर्यो । आईफा अवार्डलाई एक अर्ब दिने कुराको चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेका हुन । 

आखिर आइफा अवार्ड, प्रधानमन्त्री ओली र सुरज बैद्यसंग के सम्बन्ध छ ?

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता समेत रहेका सुरज बैद्य प्रधानमन्त्री ओलीका अघोषित सल्लाहकार जस्तै हुन भन्ने बजार चर्चा छ । भारतीय मोडल रितु सिंह बैद्यकी श्रीमती हुन् । तिनै रितु सिंहको सल्लाहमा आईफा अवार्ड आयोजना गर्न प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने काम बैद्यले नै गरेका थिए भन्ने आशयको समाचार युनाइटेड पोस्ट साप्ताहिकले लेखेको छ । 

उक्त समाचारअनुसार विवादास्पद आईफा अवार्ड नेपालमा गर्ने भनेर एक अर्ब बजेट छुट्याउन लगाउने रणनीति बैद्यकै हो ।भारतीय कलाकार ल्याएर अनाहकमा एक अर्ब नेपालको बजेट खर्च गर्दा नेपाललाई के फाइदा हुन्छ भन्ने कुरा समेत ख्याल नगरी प्रधानमन्त्री ओलीलाई विवादमा ल्याउने काम बैद्यले गरेका थिए । आईफा अवार्डलाई एक अर्ब दिने कुराको चर्को विरोध भएपछि प्रधानमन्त्री ओली पछि हटेका छन् । आईफा अवार्ड तत्काललाई नहुने भएपनि व्यपारी बैद्य भने अझै त्यो अवार्ड गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई पुनः विवादमा ल्याउन खोजिरहेका छन् । 

एक अर्ब रुपैयाँले ८ मेगावाटको सम्मको जलविद्युत आयोजना बन्न सक्छ । त्यसबाट राष्ट्रलाई दिर्घकालिन फाइदा हुन्छ । त्यसैगरी व्यापारी बैद्यले प्रधानमन्त्री ओलीलाई प्रभावमा पारी देशहितविरुद्धका निर्णय गराउन थालेका छन् । प्रधानमन्त्री ओलीले पर्यटनको क्षेत्रमा कुनै योगदान र अनुभव नभएका बैद्यलाई नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजक बनाएका छन् । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना अगाडि सारेका प्रधानमन्त्री ओलीले पर्यटनको ‘प’ पनि थाहा नभएका बैद्यलाई संयोजक बनाएका छन् । यसले प्रधानमन्त्रीको २० लाख पर्यटक भित्र्याउने योजना पूरा हुनेमा आशंका प्रकट गरिएको छ ।

प्रतिष्ठित पर्यटन व्यवसायीहरु हुँदाहुँदै बैद्य जस्ता पर्यटनको क्षेत्रमा योगदान नै नभएका व्यक्तिलाई संयोजक बनाएकोमा असन्तुष्टि व्याप्त छ । भ्रमण वर्ष २०२० सुरु हुन ५ महिना मात्र बाँकी छ । तर, तयारी सुन्य छ । पर्यटक आकर्षित गर्ने व्यवसायीहरुसँग बैद्यको कुनै खालको समन्वय छैन । उनी कसैलाई चिन्दैनन् । प्रधानमन्त्रीले बैद्य जस्तालाई संयोजक बनाएपछि भ्रमण वर्ष पनि असफल हुने चिन्ता पर्यटन क्षेत्रमा व्याप्त छ ।

बैद्यको सल्लाह मान्दा प्रधानमन्त्री ओली एकपछि अर्को विवादमा पर्दै गएका छन् । बैद्यकै सल्लाहमा नेपाल वायु सेवा निगमका लागि चिनियाँ जहाज ल्याइयो । तर, ती जहाज उडाउनै नसक्ने अवस्थामा छन् । ती जहाज यति खर्चिला रहेछन् कि निगमलाई सेतो हात्ती सावित भएका छन् । बैद्य प्रधानमन्त्री ओलीका सल्लाहकारकै हैसियतमा बालुवाटारमा हैकम जमाएर बसेका छन् । आङछिरिङ शेर्पाको मृत्युपछि व्यापारी बैद्य प्रधानमन्त्री ओलीमाथि हावी भएका छन् । बैद्यकै कारण आईफा जस्तो अलोकप्रिय निर्णय गर्दा प्रधानमन्त्री ओली अप्ठेरोमा परेका हुन् ।

वाइडबडीदेखि सबै विमान बिक्री गर्ने पक्षमा प्रधानमन्त्री ओली

हवाई माफियाहरु नेपाल वायुसेवा निगमलाई टाट पल्टाउन लागिपरेको विभिन्न घटनाक्रमबाट पुष्टि भएको छ । उनीहरुले त्यसका लागि पर्यटन मन्त्रालयदेखि प्रधानमन्त्रीको नाम समेत विवादमा ल्याउन थालेका छन् । हवाइ माफियाको डिजाइन अनुसार पर्यटन सचिवमा ल्याइएका मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको नाम लिंदै निगमका सबै जहाज बिक्री गरेर ऋण तिर्ने प्रस्ताव अर्थसमितिको बैठकमा राखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सापकोटाले नेपाल वायुसेवा निगमका वाइडबडीदेखि न्यारोबडी सबै विमान बिक्री गर्नुपर्ने प्रस्ताव २०७६ असार २७ मा बसेको अर्थसमितिको बैठकमा राखेपछि हवाई माफियाको प्रभाव कहाँसम्म छ भन्ने देखिएको छ । लेखासमितिले निगमलाई इन्जिन खरिदको ठेक्का निश्चित कम्पनीलाई दिन निर्देशन दिएका कारण त्यो प्रक्रिया नै अलपत्र छ । यही बेलामा सचिव सापकोटाले निगमका सबै विमान बिक्री गर्नेदेखि रणनीतिक साझेदार भित्र्याएर ऋण तिर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन छ भनेर हवाई माफियाको डिजाइन अनुसार खुलासा गरेका छन् ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने जहाज नै बिक्री गर्नु नपर्ने, तर तत्काल सरकारले २० अर्ब दिएको खण्डमा मात्र ऋण तिर्न सकिने, नत्र नसकिने कुरा राखेका थिए । तर, सचिव सापकोटाले व्यवस्थापन सुधार नभएसम्म एक पैसा पनि ऋण दिन नसक्ने प्रधानमन्त्रीको निर्देशन छ भन्दै टकटकिएका थिए । निगमको ३७ अर्ब ऋण छ । २० अर्ब सरकारले दिएको खण्डमा चीन, यूरोप र जापानमा उडान भएपछि बिस्तारै १७ अर्ब तिर्न सकिने कुरा खरेलले समितिमा राखेका थिए । तर, सचिव सापकोटा विमान बिक्री गर्नुपर्ने पक्षमा खुलेरै लागेका थिए ।

त्यसको जवाफमा अर्थसमितिका सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष र सचिवकै कुरा बाझ्यो भनेका थिए । सरकारदेखि लेखासमितिलगायत संसदीय समिति कतैबाट सहयोग नपाएको निगमले अहिले पनि अरु विमान कम्पनीको भन्दा बढी यात्रु ओसारेको छ । जसका कारण नेपालको पर्यटन उद्योगमा ठूलो टेवा पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved