७ दिनमा ७ मन्त्रीको पद 'चट' हुँदै, प्रमुख आलोचकलाई मन्त्री बनाउदै ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 08:20:58 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठनको करिब डेढ बर्ष पुरा हुनै लाग्दा मन्त्रीहरु हेरफेर गर्ने तयारीमा जुटेका छन। साता दिनमै ७ मन्त्रीलाई बिदा दिएर उनीहरुको ठाउँमा अरुलाई मन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारि रहेको छ।   

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन सकेलगत्तै प्रधानमन्त्री ओली मन्त्री फेरबदलको निर्णयमा पुगेका हुन। बिश्वास गरिएका मन्त्रीहरुबाट नै जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उनीहरुको आलोचना बढेपछि हप्ता दश दिन अर्थात साउनको १५ गरे भित्रै मन्त्री फेर्ने निर्णयमा प्रधानमन्त्री पुगेको स्रोतको भनाई छ। 

आशा गरिएका मन्त्रीहरु समेत परिणाममुखी काममा भन्दा व्यक्तिगत प्रचारमा केन्द्रित भएको र सरकारको 'स्प्रिड' लाई आत्मसाथ नगरेको प्रधानमन्त्रीको बुझाइ छ। प्रधानमन्त्री ओलीले कार्यक्षमतामा कमजोर देखिएका मन्त्रीहरुलाई छुट्टाछुट्टै बोलाएर सचेत गराएर नै उनीहरुलाई मन्त्रीबाट हटाउन लागेका हुन। 

स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मातृका यादव, खानेपानी मन्त्री विना मगर, सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई  मन्त्री पदबाट हटाउने प्रधानमन्त्री ओलीको तयारी छ।

सरकारको प्रमुख आलोचक भनेर चिनिने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईलाई सरकारको प्रवक्ताको जिम्मेवारी सहित सञ्चार प्रविधि मन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी छ। त्यस्तै सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेत र सत्तारुढ नेकपाका सांसद तथा पुर्व शहरी बिकास र कानुन मन्त्री समेत रहेका प्रभु शाह समेत मन्त्री बन्ने लाइनमा छन।  

यता कार्यक्षमता मूल्यांकनको आधारमा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा ग्रिन जोनमा छन। त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार एल्लो जोन अर्थात जोखिमको नजिक रहेका छन।         


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved