लोक सेवा विज्ञापन खारेजीको माग गर्दै प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 10:28:56 AM मा प्रकाशित

laxmi  sunrise bank

लोक सेवा आयोगले स्थानीय तहका लागि खुल्ला गरेको विज्ञापन विरुद्द आयोगको केन्द्रीय कार्यालय अगाडी प्रदर्शन भएको छ । विज्ञापन फिर्ताको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

विज्ञापन खारेजको माग गर्दै प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा मागेका छन् ।आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ । 

विज्ञापनमा ४ लाखको आवेदन परेको छ । भोली शुक्रबारदेखि लिखित परीक्षा पनि हुँदैछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved