अर्थ मन्त्रालयमा रहेका खरेल १६ महिनापछि राष्ट्र बैंक फर्किए, कुन बिभाग हेर्दैछन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 09:02:23 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयमा काजमा रहेका नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल साढे १६ महिनापछि राष्ट्र बैंक फर्किएका छन।  २०७६ साउन १ गते देखि नेपाल राष्ट्र बैंकमा हाजिर भएको डा. खरेलले बताएका छन।

डा. युबराज खतिवडा अर्थमन्त्री भएपछि डा.खरेल २०७४ फागुन १५ गतेदेखि काजमा अर्थमन्त्रीको नीजि सचिवालयमा कार्यरत थिए। ०७४ फागुन १४ गते खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएका थिए । त्यसको भोलिपल्ट फागुन १५ गते अर्थमन्त्री खतिवडाले ‘आजकै मितिदेखि अर्थ मन्त्रालयमा काजमा खटाइदिन’ राष्ट्र बैंकलाई पत्राचार गरेका थिए ।

तत्कालिन समयमा डा. खरेल नेपाल राष्ट्र बैंकको विराटनगर कार्यलयमा उप निर्देशक पदमा कार्यरत रहेका थिए । उनलाई अर्थमन्त्री खतिवडाले अर्थ मन्लालयमा काजमा ल्याएकै बेलामा बढुवा भएर निर्देशक भएका हुन्।  

काज सकिएपनि नेपाल राष्ट्र बैंकमा आफु हाजिर भएको डा. खरलले बिजपाटीलाई बताएका छन्। साउन १ गते राष्ट्र बैंकमा हाजिर भएको तर आफले कुनै पनि जिम्मेवारी भने सम्हालीनसकेको उनले बताए।

'राष्ट्र बैंकबाट अन्य निकायमा काजमा खटिएका कर्मचारीहरु काज पुरा भएपछि रााष्ट्र बैंकको मानव संसाधन विभागमा हाजिर हुने हो' उनले भने, ‘सोही अनुसार म पनि साउन १ गते बाट राष्ट्र बैंकमा हाजिर भएको छु तर कुनै जिम्मेवारी भने पाएको छनै, मानव संशाधन विभाले खटाएको विभागमा जिम्मेवारी सम्हाल्नेछु ।’

डा. खरेल अर्थमन्त्री डा. युवराज खतिवडाको बहिनी ज्वाई हुन्। अर्थमन्त्री डा. खतिवडाले आफु अर्थमन्त्री भएसँगै आफ्नो विश्वास पात्रको रुपमा काजमा आफ्नो नीजि सचिवालयमा ल्याएका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved