नम्बर थप प्रकरणः त्रिवि कर्मचारीद्धारा आत्महत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 01:59:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी भर्नाको परीक्षाको उत्तरपुस्तिका परीक्षण नम्बर थप गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । यसरी अनियमितताको आरोप लागेका उनी विरुद्ध विशेष अदालतमा मुद्दा चलाइएको थियो । 

पाण्डेले बिहीबार त्रिपुरेश्वरस्थित एक भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको पाँचौ तल्लाबाट पाण्डेले हाम फालेका हुन् ।

पाँच वर्षअघि त्रिवि सेवाबाट अवकास पाएका उनी कार्यालय सहायक र मुख्य कार्यालय सहायकमा परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्न विज्ञको रुपमा भर्ना भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved