बिस्तार हुँदै आर्थिक पत्रकार संघ, ३ नम्बर प्रदेशको कार्यसमिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 04:44:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेशको कार्यसमिति गठन भएको छ । नाफिजको शुक्रबारको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा  प्रदेश ३ को कार्यसमिति बनाएको हो ।  

संघको उपाध्यक्षमा सुधीर भण्डारी र सुधा देवकोटा चयन भएका छन् । सचिवमा तिर्थराज पौड्याल, सहसचिवमा युवराज बस्नेत र भूमिका तिमल्सिना सर्वसम्मत चयन भएका हुन् । कोषाध्यक्ष पुजा चँदरा र सहकोषाध्यक्षमा राजाराम न्यौपाने चुनिएका छन् ।

सदस्यहरुमा खेमराज श्रेष्ठ, दीलु कार्की, सुरञ्जन घिमिरे, शिव धिताल, परिवर्तन देवकोटा, दीपेश घिमिरे, अरुण पाख्रिन, सीता श्रेष्ठ र कमला भुसाल चयन भएका छन। प्रदेश तदर्थ समितिको सल्लाहकारमा भक्तराज रसाईली, निकेश खत्री, चमन कोइराला र बलराम बुढाथोकी चुनिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved