लोकसेवाको विज्ञापन संविधानको भावना विपरितः प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2019 | 11:49:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खेलाएको विज्ञापन खारेज हुनुपर्ने बताएका छन् । खुमलटारस्थित आफ्नै निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदीय समितिले खारेज गर्न निर्देशन दिइसकेको हुँनाले आफूले धेरै भनिराख्नुपर्ने विषय नभएको बताए ।

विज्ञापनले संविधानको मूल मर्मलाई पक्रन नसकेको उनको टिप्पणी छ । प्रचण्डले भने, ‘संविधानको मूल मर्म भनेको समावेशिता हो । संघीयता हो । संघीयता र समावेशिताको मर्म र भावनालाई यसले बेवास्ता गरेको छ । त्यसकारण यसलाई करेक्सन गर्नुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved