तीन दिन वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2019 | 12:08:46 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणी भेगमा पुगेको भएपनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बाढी पूर्वानुमान महाशाखाले १, ३, ५ र गण्डकी नम्बर प्रदेशका मध्यपहाडी तथा चुरे हुँदै बग्ने नदीमा आकस्मिक बहावको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved