विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज समातिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 06:24:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेत्र विक्रम चन्द विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उनलाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । 

उनी २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार पराजित भएका थिए । तत्कालीन माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार समेत हुन् । केही समय यता उनी लामा सत्तारुढ दलका कतिपय नेताहरुसँग सरकार र विप्लव वार्ताको लागि अनौपचारिक संवादमा पनि थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved