नेकपामा विभागको नेतृत्व आज पनि टुंगिएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 02:19:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सांगठनिक एकताको बाँकी काम सक्ने विषयमा छलफल भएको बताईएको छ ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला भूगोल र जिल्ला कमिटीकै मान्यताप्राप्त ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज तोक्ने काम सकिएको जानकारी दिए । फेरि बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने र विभाग, आयोग तथा निकायको जिम्मेवारी तोकिने श्रेष्ठले जानकारी दिए । 

आइतबारकै बैठकले नेकपाका ३२ विभागको नेतृत्व क–कसलाई दिने भनेर टुंगो लगाउने बताईएपनि आजको बैठकमा सामान्य छलफल मात्रै भएको छ । विभागमध्ये तत्कालीन एमालको भागमा १८ र तत्कालीन माओवादीको भागमा १४ परेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved