प्यान र भ्याटको विवाद मिलाउन अर्थमन्त्रीले बनाए समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 07:41:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गरेको छ । अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको टोलीले अर्थमन्त्री खतिवडा समक्ष भेटगरी आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि लागु उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रस“ग सम्बन्धित आर्थिक ऐनले गरेका व्यवस्थाबाट उत्पन्न समस्याका विषयमा गम्भीर छलफल भएको बताईएको छ । उक्त ऐनका कतिपय व्यवस्थाबाट उद्योग व्यवसाय संचालन गर्न अत्यन्त कठिन हुने भन्दै यतिखेर देशैभरका उद्यमी व्यवसायीहरू आन्दोलित छन् । 

छलफलबाट अर्थ मन्त्रालयका २, निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघका तर्फबाट उपाध्यक्षहरू किशोर कुमार प्रधान र उमेशलाल श्रेष्ठ, नेउवा महासंघको प्रदेश नम्वर तीनका अध्यक्ष दिनेश श्रेष्ठ र एकजना स्वतन्त्र कर विज्ञ संलग्न एक समिति गठन गर्ने र सो समितिलाई आगामी शुक्रवारसम्मको कार्यअवधि दिई आर्थिक ऐनको व्यवस्थाबाट हाल उत्पन्न समस्याका विषयमा अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारी दिने सहमति भएको छ । 

बस्तु ढुवानीमा भ्याट, ढुवानीका सवारी साधनको अनलाईनमार्फत निगरानी र प्यान अनिवार्य गरिएपछि व्यवसायी र सरकारबीच दुरी बढेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved