किन भारतीय दूतावास पुगे दर्जन बढी महिला सांसद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 09:34:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीका ठूला भनिएका सञ्चार गृहका मालिक र सम्पादकलाई बोलाएर कक्टेल डिनर गराएको नेपालस्थित भारतीय राजदुतावासले महिला सांसदलाई बोलाएर रात्री भोज खुवाएको छ । 

राजदुत मञ्जीवसिंह पुरीको निम्तोमा नेपालका महिला सांसदहरु राजदूतावासको भोजमा पुगेको तस्बिर सामाजिक सञ्जालमा भाईरल भएको छ । निर्वाचित जनप्रतिनिधिहरु यसरी कुटनीतिक नियोगको निम्तोमा मर्यादा विर्सेर जानु गलत भएको भन्दै टिप्प्णी भईरहेको छ । दुतावासको रात्री भोजमा पुगेका महिला सांसदहरुको सामुहिक फोटो दूतावासले नै सार्वजनिक गरिदिएपछि छताछुल्ल भएको छ । 

नेकपाबाट राष्ट्रिय सभामा सांसद बनेकी कोमल वली, प्रतिनिधिसभाकी सांसद नबिना लामा, गंगा चौधरी, काङ्ग्रेस कोषाध्यक्ष एवम् सांसद सीतादेवी यादव, सचेतक पुष्पा भुषाल, चित्रलेखा यादव, मिना पाण्डे, राजपाकी सांसद चन्दा चौधरी लगायत महिला सांसद उक्त रात्री भोजमा पुगेका थिए । 

राजदुतले रात्री भोजमा सहभागी महिला सांसदहरुसँगको सामुहिक फोटो सार्वजनिक गर्दै नेपाली महिला सांसदहरुसँग महिला शसक्तिकरणका विषयमा छलफल भएको उल्लेख गरेका छन् । 

यस विषयमा नेकपा सांसद एवम् अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामा रात्री भोज नभई दिउँसो साढे ४ बजे बोलाईएको बताउँछिन् । राजदूतावासको रात्री भोजमा सहभागी भईएछ नि भन्ने प्रश्नमा उनले रात्री भोज नभई दिउँसै बोलाईएको तर आफू ५ बजेपछि मात्र पुगेको बताईन् । उनले महिला सम्बन्धि कानुन निर्माणको विषयमा राजदूतले चासो राख्नु स्वभाविक भएको भन्दै यसले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाउने दाबी गरिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved