भारतीय ट्रकले ५ वटा सवारीलाई ठक्कर दिँदा २ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 11:31:21 AM मा प्रकाशित

laxmi  sunrise bank

हेटौंडा उपमहानगरपालिका १५ स्थित भारतीय ट्रकले ५ वटा सवारीसाधनलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एमएन ०१ डी ८०३१ नम्बरको भारतीय लहरी ट्रकले २ वटा बस, एउटा टाटा सुमो, एउटा अटो रिक्सा र एक मोटरसाइकललाई ठक्कर दिएको हो ।

लहरीको ठक्करपछि नाम नखुलेका मोटरसाइकल चालक र अटो रिक्साका चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । अन्य ८ जना घाइते भएका छन् । 

दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खेलेको छैन । अन्य घाईतेको पनि परिचय खुल्न सकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved