लमजुङमा दोर्दीखोलाको बाढीले लियो चार जनाको ज्यान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 06:27:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङमा भारी वर्षासँगै दोर्दीखोलामा आएकाले बाढीले बगाएका चार जनाको शव भेटिएको छ । आज दिउँसो दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङका अनुसार शव भेटिए पनि पहिचान हुन सकेको छैन । आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको गुरुङले बताए । उक्त क्षेत्र आसपासका स्थानीय र दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार बाढी आउँदा भागेका थिए । 

दोर्दीखोलामा निर्माणधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको र काम गर्ने ठाउँमा बाढी छिर्दा धनजनको क्षति भएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । उनका अनुसार केही कामदार पुरिएको आशङ्का गरिएको छ ।  

घाइतेलाई स्थानीयले उपचारका लागि विभिन्न अस्पतालमा पठाएका छन् । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र के कति धनजनको क्षति भएको भन्ने सबै जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved