सञ्चय कर्ताले ऋण लिँदा सिँधै खातामा पैसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 11:06:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको सुरुवात गरेको छ । उक्त व्यवस्थाको  लागी  कोषले नेपाल क्लियरिङ्ग हाउसको NCHL-IPS तथा connectIPS e-payment प्रणालीहरुसँग पूर्ण  रुपमा इन्टिग्रेसन गरेको छ । उक्त व्यवस्थाको कोषका प्रशाशक तुलसी प्रसाद गौतम, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानको उपस्थितिमा शुभारम्भ भएको छ । 

कोषले आफ्नो धितो कर्जा स्किम अन्तर्गत स्वीकृत भएको आवास कर्जाको भुक्तानी हालको लागी हिमालयन बैंक तथा एनएमबि बैंक मार्फत गर्ने भएको छ  । 

लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधि गराएको अवस्थामा स्वीकृृत कर्जा, नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तिय संस्थाहरुमा रहेकोे लाभग्राहीको जुनसुकै  खातामा पनि सो रकम सोझै जम्मा  गरिने छ । अब सेवाग्राहीले रकम  प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु  नपर्ने भएको छ । 

कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोषमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved