गोरखामा १६ किलो सुन बरामद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 11:24:12 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखा स्थित धार्चे गाउँपालिकाको खार्लावेशी बजार नजिकैको ओढारबाट १६ किलो सुन बरामद भएको छ । पहरोमा बोराभित्र राखेर लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछिखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन बरामद गरेको हो।

२७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधबार पक्राउ परेपछि उक्त सुनबारे खुलेको हो । गुरुङ भरिया मात्रै हुन् वा सुन तस्कर भन्ने खुलेको छैन । उक्त सुन तिब्बतबाट ल्याइएको हुन सक्ने अनुमान गरिउको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved