‘क्लिन फिड’ विधेयक संसदीय समितिबाट पास, लागू कहिलेदेखी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 03:29:22 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधी सभाको विकास तथा प्रविधि समितिको बैठकले ‘क्लिन फिड’ कार्यान्वयन सम्बन्धी विधेयक संसदीय समितिबाट पास भएको छ । समितिको शुक्रबारको बैठकमा भएको छलफलले क्लिन फिड कार्यान्वयन गर्ने सम्बन्धी विधेयक पास गरेको हो । 

समितिले पास गरेको बिधेयकमा पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ । साथै नयाँ सेवा प्रदायकहरुले भने सुरु देखिनै क्लिन फिड लागु गर्नुपर्नेछ । पास भएको क्लिन फिड सम्बन्धि व्यबस्था राष्ट्रिय सभाले राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्र लागु हुनेछ । 

क्लिन फिड लागु हुनेभएपछि नेपालमा प्रसारण हुने बिदेशी च्यानल कि बिज्ञापन रहित हुनेछन् वा त्यहाँ आउने विज्ञापनमा नेपाली कलाकारले अभिनय गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved