राष्ट्र बैंकमा ९ विभागीय प्रमखुको हेरेफेर, नियमनको जिम्मा ढकाललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 04:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका ८ कार्यकारी निर्देशकको विभागीय सरुवा भएको छ । राष्ट्र बैंकले आइतबारदेखि लागु हुने गरि कार्यकारी निर्देशकहरुको सरुवा गरेको हो । 

प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार यसअघि भुक्तानी विभागमा रहेका देवकुमार ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा आएका छन् । नियमन विभागका बमबहादुर मिश्र भुक्तानी विभागमा पुगेका छन् । मिश्र कामू कार्यकारी निर्देशक हुन् ।

वाणिज्य बैंक सुपरिवेक्षण विभागमा रहेका महेश्वरलाल श्रेष्ठ संस्थागत सेवा विभागमा पुगेका छन् । यसैगरि संस्थागत विभागमा रहेका मुकुन्द क्षेत्री वाणिज्य बैंक सुपरिवेक्षण विभागमा आएका छन् । 

विकास बैंक सुपरिवेक्षण विभागका भुवन कँडेल आन्तरिक लेखा परिक्षण विभागमा पुगेका छन् । विकास बैंक सुपरिवेक्षण विभागमा यसअघि वित्त कम्पनी सुपरिवेक्षण विभागका ऋषिकेश भट्ट आएका छन् । 

राष्ट्र ऋण व्यवस्थापनमा निलम तिमिल्सिना, सामान्य सेवा विभागमा सुमन अधिकारी र वित्त कम्पनी व्यवस्थापन विभागमा प्रदिपराज पाण्डेले जिम्मेवारी पाएको प्रवक्ता निरौलाले जानकारी दिए । 

यसअघि नै गत चैत्रमा ५ जना कार्यकारी निर्देशकले एकसाथ अवकाश पाएसँगै नरेश शाक्य, सुमन कुमार अधिकारी, डा. प्रकाश कुमार श्रेष्ठ र सरिता भट्ट अधिकारी कार्यकारी निर्देशकमा बढुवा भईसकेका छन् । अब केही दिनभित्र भुक्तानी विभागमा पुगेका बमबहादुर मिश्र पनि कार्यकारी निर्देशकमा बढुवा हुने राष्ट्र बैंक स्रोतले बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved