उद्यमी चन्द्र ढकाल पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा पुन: निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 07:47:15 AM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमांचल विकास मञ्चको उद्यमी चन्द्रप्रसाद ढकाललाई पुनः अर्काे कार्यकालका लागि अध्यक्ष चयन गरेको छ। राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारण सभाले ढकाललाई अध्यक्षको लागि चयन गरेको हो। अध्यक्षमा पुन: निर्वाचित ढकाल ग्लोबल आइएमइ बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष हुन्।

उक्त मञ्चको उपाध्यक्षमा साविकको धौलागिरि अञ्चलबाट ज्ञानेन्द्रविक्रम महत, गण्डकीबाट मदन कुमार महत र लुम्बिनीबाट शोभाकर न्यौपाने तथा महासचिवमा यादव भट्टराई, सचिवमा सचिवमा नारायणप्रसाद तिम्सिना र कोषाध्यक्षमा योगराज कडेल शर्मा निर्वाचित भएका छन् । त्यस्तै साविकका तीन अञ्चलका सबै जिल्लाहरुबाट गरी कार्यसमितिमा १७ जना सदस्य निर्वाचित भएका छन् ।  

पश्चिमांचल विकास मंच गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने उद्देश्यले स्थापना भएको एउटा साझा मंच हो।  

नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय तथा आर्थिक लगायातका क्षेत्रहरुको विकास गरी त्यहाँका प्रतिभाहरुलाई सम्मान गर्ने काम पनि सो मञ्चले गर्दै आएको छ । त्यसैगरी उक्त क्षेत्रको विविध महत्व र सम्भावनालाई उजागर गरेर उक्त मञ्चले हालैमात्र एक स्मारिका पनि प्रकाशन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved