टोयोटाद्वारा धोवीखोलामा वृक्षारोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 03:52:55 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड ट्रेडर्स सिन्डिकेटले धोवीखोला करिडोरमा वृक्षारोपण गरेको छ । ट्रेडर्सले स्थानियबासिको सहभागितामा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपेको छ ।

आनन्दनगर धुम्बाराहि बैजनी पुलदेखि पहेँलो पुलसम्मको धोवीखोला करिडोरका दुवै तर्फ करबीरका विरुवाहरु रोपिएको हो । धेरै अग्लो नहुने करबीर जातका विरुवा सधै हरियो रङ्गको हुने र गुलाबी रङ्गको फुल फुल्ने जातको विरुवा हो । 

ट्रेडर्स टोयोटाको नेपालको आधिकारिक वितरक रहेको छ ।

वृक्षारोपण कार्यक्रममा  प्रदेश सांसदहरु नारायन सिलवाल, सीता अधिकारी तथा बैद्ययज् अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यको समेत उपस्थिति रहेको ट्रेडर्सले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved