वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 04:47:17 PM मा प्रकाशित

laxmi  sunrise bank

वीर अस्पतालमा चिकित्सक, नर्स तथा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीको अभाव भएको छ । स्वास्थ्यकर्मी अभावका कारण दुईहप्ता अगाडि निर्माण सम्पन्न भएको एकसय शैय्याको नयाँ भवन प्रयोगमा आउन सकेको छैन । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको अस्पताल नयाँ भवन जापान सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको थियो । अस्पतालको १३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा निर्देशक चिकित्सक केदार सेञ्जुरीले भने, “नयाँ भवन बन्यो तर चिकित्सक, नर्स र आवश्यक उपकरण तथा उपकरण सञ्चालन गर्ने जनशक्तिको अभावमा सञ्चालन गर्न सकिएको छैन ।”

नयाँ भवन सञ्चालनमा ल्याउन चाहिने स्वास्थ्यकर्मीको सङ्ख्या उनले केही खुलाउन भएन । विसं १९४७ आजकै दिन अस्पताल १५ श्ययाबाट अस्पताल सञ्चालनमा आएको थियो । चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको केन्द्रीय अस्पताल ९सेन्टर रिफर सेन्टर० ४६० श्ययामा गरीब जनतालाई विशेषज्ञ सेवा प्रदान गर्ने गर्दछ । नर्सिङमा प्रवीणता प्रमाण तहदेखि एमडि, एमबिबिएस, एमएस, एफआरसिएस, पिजी, पीएचडीलगायत क्षेत्रमा अध्यापन हुनेगर्दछ । 

नयाँ भवन सञ्चालन एवं नयाँ जनशक्ति थप गर्न अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । हालसम्म कुनै जानकारी नआएको निर्देशक सेञ्जुरीले बताए । विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना भएको थियो । गतवर्ष अस्पतालले ४४ हजार ५३४ आकस्मिक, तीन लाख ७८ हजार अन्तरङ, भर्ना १३ हजार १५९, शल्यक्रिया छ हजार ८७७ बिरामीलाई सेवा प्रदान गरिएको  थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved