नेपाल–भारत लजिस्टिक समिटमा किन गएनन् उद्योगमन्त्री यादव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 09:26:45 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले आयोजना गरेको नेपाल–भारत लजिस्टिक समिट मन्त्री मातृका यादवको उपस्थिती बिना नै सकिएको छ । सम्मेलनको विशेष अथितिमा मन्त्री यादवको नाम भएपनि उनी कार्यक्रममा सहभागी भएनन् । 

मन्त्री यादव सम्मेलनमा सहभागी नहुने भएपछि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओली नै कार्यक्रममा पुगे । उभिएर मन्तव्य समेत राख्न नसक्ने अवस्थामा रहेका प्रधानमन्त्री ओलीले बसेरै आधा घण्टा लामो लिखित भाषण दिए ।

यता मन्त्री यादवका स्वकिय सचिव देवशरण यादवले भने नेपालमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने टोलीसँगको वार्तामा व्यवस्त भएकाले मन्त्री यादव सम्मेलनमा उपस्थित हुन नसक्नु भएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved